१९ असार २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेनः अध्यक्ष राई पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो प्रशंसा गर्दै बनाइएका भिडियो अब आउँदैनन्ः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताउनुभएको छ । 

आफ्नो नाममा सचिवालयबाट आएको भिडियोबारे प्रतिक्रिया जनाउँदै बूढानिलकण्ठमा जारी बैठकमा यस्तो बताउनुभएको हो । 

‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने‘’ नामको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।

त्यसको पक्षविपक्षमा केन्द्रीय स्तरका नेताहरुको चर्काचर्की भएपछि देउवाले अब त्यसो नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसँके, अब आउँदैन, तपाईहरु ढुक्क हुनुस् ।’

महाधिवेशन केन्द्रीत भएर बोलाइएको बैठकमा भिडियोबारे पनि प्रशंग उठेको थियो ।