२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ ।

पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पूर्वाधारसहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गर्नुभएको छ । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिनुभएको छ । रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् ।

यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।