२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ ।

पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पूर्वाधारसहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गर्नुभएको छ । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिनुभएको छ । रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् ।

यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।