२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा उम्मेदवार मनोनयनको तयारी पूरा



अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिमका नौ वटै जिल्लामा आज हुने प्रतिनिधि र प्रदेशसभाको उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले यहाँका १६ वटै प्रतिनिधि र ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको तयारी पूरा भएको जानकारी दिनुभयो ।

“अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय मनोनयन दर्ताका लागि आएका छैनन् ।” उहाँले भन्नुभयो–“ निर्वाचन कार्यालय तयारी अवस्थामा छन् ।”

सुदूरपश्चिमको डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन दर्ता हुनेछ । आगामी मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताले मतदान गर्ने पाउनेछन् ।

प्रदेश निर्वाचन कार्यालय अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ जना, डडेल्धुरामा ९१ हजार २०१, एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार ६ सय ५७ मतदाता छन् ।

मनोनयन दर्ताका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू दार्चुला पुगिसक्नु भएको छ । त्यसैगरी पूर्वमन्त्री तथा विभिन्न पार्टीका केन्द्रीय नेताहरु मनोनयनका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने क्रम जारी रहेको छ