२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री जोशीको तनहुँ १ बाट उम्मेदवारी दर्ता



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

काठमाडौँ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तनहुँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्दै उहाँले सत्ता गठबन्धनको राजनीति अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

भ्रष्टाचार मुद्दा लागेका जोशीले गठबन्धनको राजनीतिले व्यक्तिको अधिकार हनन भएको भन्दै यसका अन्त्यका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट उहाँले बागी उम्मेदवारी दिनुभएको थियो । उहाँका उम्मेदवारीका कारण कांग्रेसबाट टिकट पाएका नेता रामचन्द्र पौडेल नेकपा (एमाले) का तत्कालीन नेता कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित हुनुभएको थियो ।

बागी उम्मेदवारी दिएर कांग्रेसका नेतालाई पराजित गर्न सहयोग पुर्याएको भन्दै कांग्रेसले उहाँलाई कारबाही गरेको थियो । त्यसयता उहाँ कुनै पनि दलमा आबद्ध हुनुहुन्छ । यसपटकको प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ नेता पौडेलले सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।