• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन दर्ता(भिडीयोसहित)



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले उम्मेदवारी दर्ता गराएको तस्बिर पोस्ट गर्दै उहाँले आफ्नो राजनीतिक यात्रा समयको माग भएको बताउनुभएको छ ।

मोरङका जनताको सेवाका लागि विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेदा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोह भएको उल्लेख गर्नुभएको छ ।

“अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ रु देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजका लागिसम्म पनि उत्तरदायी बन्न् किन सकेनन रु किन हामी मोरङवासी सधैँ देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौँ त रु यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रपमा उमेद्वारी दिएकी छु”, उहाँले भन्नुभएको छ ।