२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेट आईतबारदेखि, गण्डकी र मधेस प्रदेश भिड्दै



अ+ अ-

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आईतबारदेखि पोखरामा सुरु हुँदैछन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट भोलि आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।

महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशकाबीचमा हुँदैछ ।

महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् ।

यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले केही खेलअघि नै सञ्चालन गर्न लागिएको हो ।

राष्ट्रिय खेलकुदको मिति नजिकिँदै जाँदा तयारीलाई तीव्र बनाइएको छ । केही दिनयताको लगातार वर्षाले तयारीका काम प्रभावित बनाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटनलगायत अधिकांश खेलको मिति आउन अझै एक साता समय बाँकी रहेकाले खेलस्थल मर्मत, सरसफाइ र रङरोगनका काम भइरहेका छन् ।

गण्डकी प्रदेशमा ४० वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद हुँदैछ । प्रतियोगितामा देशका सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । पोखरासहित गण्डकी प्रदेशका आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ ।

अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।

प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६०० कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट सर्वाधिक सात सय दुई खेलाडी सहभागी हुँदैछन् । गण्डकीले प्रतियोगिताका सबै खेलमा भाग लिएको छ ।

राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाका छ सय ७३ खेलाडी सहभागी हुँदैछन् । यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँच सय २२, नेपाल प्रहरीले चार सय ८८ र सुदूरपश्चिम प्रदेशले प्रतियोगिताका लागि चार सय ३६ खेलाडीको नाम दर्ता गराएको छ ।

बागमती प्रदेशबाट चार सय ३०, प्रदेश नं १ बाट तीन सय ७१, मधेस प्रदेशले दुई सय ६२, कर्णाली प्रदेशले एक सय ९७, एनआरएनएले एक सय ३१ र लुम्बिनी प्रदेशबाट एक सय २३ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।रासस




भर्खरै