८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

समानुपातिक तर्फको बन्दसूची शनिवार १२ बजेसम्म

समानुपातिक तर्फको बन्दसूची शनिवार १२ बजेसम्म
file
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ ।

शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने बताउनु भयो ।

उहाँले शनिवार साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भनेपनि केही कारणवश ढिलाइ भएको जानकारी गराउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक गर्ने बताउनु भयो । त्यस्तै प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका ९४८ जना उम्मेदवार, वागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका ३६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका २२२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम निर्वाचन अधिकृतको कार्यालयले गरिरहेको छ । सचिव ज्यूले गरिरहनुभएको छ । सचिव ज्यूले दिएको विवरण अनुसार सकेसम्म आज ५ बजे नै भनेको थियो, तर हामीले आज रातको १२ बजेसम्म लगाएर भएपनि सबै विवरण हेरेर लगभग फाइनलमा पुगेको प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवार भोलिदेखि जो उम्मेदवार फाइनल हुनुहुन्छ । प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटै दलका ९४८ जना उम्मेदवार, वागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा पार्टीका ३६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा पार्टीका ६५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका २२२ उम्मेदवार, सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४ सय ९३ जना उम्मेदवार हामी फाइनल गरेर आजै सार्वजनिक गर्ने तयारीमा छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिकतर्फको अन्तिम नामावलीमा नाम समावेश भएका कोहीपनि उम्मेदवारलाई प्रत्यक्षतर्फ उठ्न नपाउने व्यवस्था भएकाले दुवैतिर उठ्छु भन्ने भ्रम नपाल्न आग्रह गर्नुभयो ।