६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा बडा दशैंको टीका ग्रहण(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टीका ग्रहण गर्नु भएको छ ।

झापाको दमकस्थित आफ्नै निवासमा रहनु भएका ओलीले विजया दशमीको दिन आज (बुधबार)बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दशैंको टीका ग्रहण गर्नु भएको हो । त्यस अवसरमा उहाँले पत्नी राधिका शाक्य ओलीलाई पनि बडा दशैंको टीका लगाई दिनु भएको थियो ।

सोही क्रममा ओलीले आफन्त र सर्बसाधारणलाई पनि टीका लगाई दिनु भएको थियो । पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई टीका, जमरालगाई आर्थिवाद दिनु भएको हो । निर्वाचनको मुखमा केही दिनदेखि दमक रहनु भएका ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।