५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाललाई पाँचौं सफलता



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले ५ विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो तथा चौंथो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमान र मुहम्मद वशीमको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए भने वशीम ४८ बलमा ७० रन जोड्दै आउट भए । वशीमले ४ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै युएईको पाँचौं विकेटको रुपमा जितेन्द्र मुखियाले बसील हमीदलाई आउट गराए । हमीद ३ बलमा २ रन जोड्दै पेभिलियन फर्किए । 

यो समाचार तयार पार्दासम्म युएईले १७ ओभरमा ४ विकेटको क्षतिमा १४१ रन जोडेको छ ।