२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को रिमेकमा अभिषेक फाइनल



अ+ अ-

एजेन्सी । साउथ फिल्मको रिमेकका लागि बलिउडमा होडबाजी नै चल्ने गर्छ । साउथबाट रिमेक बलिउड फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गर्ने भएकाले निर्माताहरु पनि ढुक्कसँग लगानी गर्ने गर्छन् । 

यसैबीच बलिउड अभिनेता अभिषेक बच्चन तमिलको सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को हिन्दी रिमेकमा फाइनल भएका छन् ।

अभिनेता तथा निर्देशक आर पार्थिएपनले फिल्मको हिन्दी भर्सनको छायांकन सुरु गरिसकेका छन् । २०१९ मा रिलिज भएको यो फिल्मले तमिल इन्डस्ट्रीमा थुप्रै रेकर्ड राख्न सफल भएको थियो । फिल्मलाई पार्थिएपनले नै निर्देशन गरेका थिए भने उनकै मुख्य भूमिका थियो ।
 
अभिषेकले पहिलो पटक तमिल फिल्मको रिमेकमा काम गर्ने भएका छन् ।