२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को रिमेकमा अभिषेक फाइनल



अ+ अ-

एजेन्सी । साउथ फिल्मको रिमेकका लागि बलिउडमा होडबाजी नै चल्ने गर्छ । साउथबाट रिमेक बलिउड फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गर्ने भएकाले निर्माताहरु पनि ढुक्कसँग लगानी गर्ने गर्छन् । 

यसैबीच बलिउड अभिनेता अभिषेक बच्चन तमिलको सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को हिन्दी रिमेकमा फाइनल भएका छन् ।

अभिनेता तथा निर्देशक आर पार्थिएपनले फिल्मको हिन्दी भर्सनको छायांकन सुरु गरिसकेका छन् । २०१९ मा रिलिज भएको यो फिल्मले तमिल इन्डस्ट्रीमा थुप्रै रेकर्ड राख्न सफल भएको थियो । फिल्मलाई पार्थिएपनले नै निर्देशन गरेका थिए भने उनकै मुख्य भूमिका थियो ।
 
अभिषेकले पहिलो पटक तमिल फिल्मको रिमेकमा काम गर्ने भएका छन् ।