२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक ३ बजे बस्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन शीर्ष नेताहरुको बैठक मंगलबार ३ बजे बस्ने भएको छ ।

सिट बाँडफाँटमा देखिएको विवादलाई मिलाउने प्रयासस्वरुप प्रधामन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

हिजो सोमबार बिहानदेखि रातिसम्म प्रयास गर्दा पनि बैठकले बाँडफाँटमा सहमति गर्न नसकेपछि मंगलबार बिहान ८ बजे. पुनः बैठक बस्नेगरी स्थगित भएको थियो ।

मंगलबार ३ बजे बैठक बस्नुअघि द्विपक्षीय छलफल गरी गठबन्धनको बैठक बस्ने तय भएको जनाइएको छ । अहिले कांग्रसले गठबन्धनका अन्य घटकसँग द्विपक्षीय छलफल गरिरहेको छ । अहिले उसले नेकपा (माओवादी केन्द्र) सँग छलफल गरिरहेको छ ।

यसअघिको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई दिन लागिएको सिट कम भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । यादवले त पार्टीको मागबमोजिम सिट संख्या नदिए गठबन्धनबाटै बाहिरिने धम्कीसमेत दिनुभएको थियो ।

केही निर्वाचन क्षेत्रमा कांग्रेस र जसपा दुवैको दाबी रहेको बुझिएको छ । ती क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेसम्मको छलफल भएको थियो । केही सिटमा भने कांग्रेस र माओवादीको दाबी रहेको छ ।