२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन गठबन्धनको बैठक ३ बजे बस्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन शीर्ष नेताहरुको बैठक मंगलबार ३ बजे बस्ने भएको छ ।

सिट बाँडफाँटमा देखिएको विवादलाई मिलाउने प्रयासस्वरुप प्रधामन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

हिजो सोमबार बिहानदेखि रातिसम्म प्रयास गर्दा पनि बैठकले बाँडफाँटमा सहमति गर्न नसकेपछि मंगलबार बिहान ८ बजे. पुनः बैठक बस्नेगरी स्थगित भएको थियो ।

मंगलबार ३ बजे बैठक बस्नुअघि द्विपक्षीय छलफल गरी गठबन्धनको बैठक बस्ने तय भएको जनाइएको छ । अहिले कांग्रसले गठबन्धनका अन्य घटकसँग द्विपक्षीय छलफल गरिरहेको छ । अहिले उसले नेकपा (माओवादी केन्द्र) सँग छलफल गरिरहेको छ ।

यसअघिको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई दिन लागिएको सिट कम भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । यादवले त पार्टीको मागबमोजिम सिट संख्या नदिए गठबन्धनबाटै बाहिरिने धम्कीसमेत दिनुभएको थियो ।

केही निर्वाचन क्षेत्रमा कांग्रेस र जसपा दुवैको दाबी रहेको बुझिएको छ । ती क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेसम्मको छलफल भएको थियो । केही सिटमा भने कांग्रेस र माओवादीको दाबी रहेको छ ।

 




भर्खरै