२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’



अ+ अ-

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । 

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो, “हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन् ।”

तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो । उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ । 

पश्चिमी शहर फराहमा, लडाकुहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्वीर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका छन् । 

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भन्नुभयो, “अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ ।  

विशेषज्ञहरूको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ । 

‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरूले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिवान लडाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ । 

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरूलाई जम्मा गर्न सफल भएका छन् । “यो एकदमै गम्भीर कुरा हो । उहाँले भन्नुभयो, “यो लालिवान लडाकू समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तिय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।

 अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतङ्ककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरू पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेल्नु र शहरहरूबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले एएफपीलाई बताउनुभयो । 

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उहाँले भन्नुभयो, “अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । “हालको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।”  

तालिवानले आफ्नो सफलतालाई अफबाहको रूपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकू शीरदेखि पैतालासम्म विद्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको  सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।

विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भन्नुभयो, “तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।” 

योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरू हुनेछन् । 

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन् । संकट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ । 

मध्यपूर्वका अवलोकनकर्ताहरूले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी शहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिवानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने बताउनुभयो । रासस




भर्खरै