२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई एमालेको ह्वीप लाग्दैन – अजय शाही



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफूलाई नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् ।

एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको भन्दै आफूमा एमालेको ह्वीप नलाग्ने बताएका हुन् ।

एमालेले साउन २८ गते पत्रमार्फत तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन दिएको थियो । 

एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।