२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः काबुल प्रवेश गर्‍यो तालिबान



अ+ अ-

काठमाडौं । तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । बीबीसीका अनुसार तालिबानहरू काबुल प्रवेश गरिरहेका छन् । रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेको लेखेको छ । 

पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्दै आएका छन् । 

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।