२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

६० करोड अमेरिकी डलर चोरी गरेका क्रिप्टो ह्याकरलाई पुरस्कारको प्रस्ताव

६० करोड अमेरिकी डलर चोरी गरेका क्रिप्टो ह्याकरलाई पुरस्कारको प्रस्ताव
अ अ+ अ-

एजेन्सी । साठी करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गर्न पाँच लाख अमेरिकी पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको छ।

अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता जनाएपछि पोली नेटवर्क नामक कम्पनीले त्यसरी विवादास्पद प्रस्ताव दिएको हो।

पोली नेटवर्कले सार्वजनिक रूपमै अपील गरेपछि गत साता मङ्गलवार उक्त घटनाबारे जानकारी सार्वजनिक भएको थियो।

अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका एक पूर्वअधिकारीले 'फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग नरहेको' बताएका छन्।

यो इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ्कमार्फत् गरिएको चोरीमध्ये एक हो।

कसरी भयो चोरी
पोली नेटवर्कले ह्याक गर्ने व्यक्तिले प्रणालीको कमजोरीको फाइदा उठाएको जनाएको छ।

चोरी गरिएकोमध्ये अधिकांश रकम फिर्ता भइसकेको छ। तर ह्याकरले इनाममा भने आफ्नो रुचि नरहेको जनाएको छ।

बिहीवार साँझसम्ममा ह्याकरसँग रहेको बाँकी रकम ह्याकर र उक्त कम्पनीले संयुक्त रूपमा नियन्त्रण गर्न सक्ने डिजिटल वालेटमा पठाइएको पोली नेटवर्कले बताएको छ।

उसले पैसा फिर्ता लिने प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुन प्रतीक्षा गरिरहेको र आफूले ह्याकरसँगै काम गरिरहेको जनाएको छ।

अनलाइनमा पोस्ट गरिएको तीनपाने प्रश्नोत्तरमा नाम नखुलाइएका ती ह्याकरले चोरी मनोरञ्जनका लागि र क्रिप्टोकरेन्सी सटही कम्पनी पोली नेटवर्कलाई आफ्नो सुरक्षा सुधार गर्नका लागि प्रेरित गर्नका लागि गरेको उल्लेख गरेका छन्।

उन्मुक्ति
पोली नेटवर्कले त्यो स्पष्टोक्ति स्वीकार गरेको र ह्याकरलाई 'मिस्टर ह्वाइट ह्याट' नाम दिएको छ।

ह्वाइट ह्याट ह्याकरहरू सुरक्षासम्बन्धी नैतिक अनुसन्धानकर्ताहरू हुन जसले आफ्नो कौशल प्रयोग गरेर संस्थाहरूलाई सुरक्षासम्बन्धी त्रुटिहरू पहिचान गर्न सहयोग गर्छन्।

पोली नेटवर्कले ह्याकरलाई एउटा टिप्पणी पठाएको स्वीकार गरेको छ जसमा 'हामीलाई विश्वास छ कि तपाईँले गरेको कार्य ह्वाइट ह्याट व्यवहार हो। तपाईँलाई हामीले ५००,००० डलर दिने योजना बनाएका छौ' लेखिएको छ।

'हामी तपाईँलाई आश्वासन दिन्छौँ कि तपाईँ यो घटनाका लागि जिम्मेवार हुनुहुन्न,' उक्त कम्पनीले भनेको छ।

तर कम्पनीको त्यस्तो कदमले केहीलाई भने क्रुद्ध बनाएको छ।

यस्ता किसिमका सुरक्षासम्बन्धी मामिला हेर्नेहरूले ह्याकरहरूलाई आफ्नो कार्य ढाकछोप गर्नका लागि यो दृष्टान्तका रूपमा स्थापित हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।

एकजना ह्वाइट ह्याट ह्याकर र म्यान्चेस्टर मेट्रोपोलिटन यूनिभर्सिटीका उपप्राध्यापक केटी प्याक्स्टन-फिअर 'यो ह्याकलाई ह्वाइट ह्याकका रूपमा गणना गरिनु निराशाजनक रहेको' बताउँछिन्।

उनले अमेरिकी रक्षा मन्त्रालयदेखि भेराइजन मिडियासम्मका कम्पनीका ३० भन्दा बढी त्रुटिहरू पत्ता लगाएकी छन्।

'कुनै अधिकार छैन'
'ह्वाइट ह्याट ह्याकिङमा कार्यक्षेत्र हुनुपर्छ, केही प्रणालीलाई छुनु हुँदैन, समूहमा काम गर्नुपर्छ, पत्ता लागेका कुरा बारे व्यवसायिक प्रतिवेदन तयार पार्नुपर्छ र जोखिम देखाउनुबाहेक अरू कदम चाल्नु हुँदैन,' उनले भनिन्।

फरेन्सिक रिस्क अलाईअन्सका एक सदस्य र एफबीआईका भूतपूर्व अधिकारी चार्ली स्टील पनि पोली नेटवर्कको प्रस्तावका कारण चिन्तित छन्।

'फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग हुँदैन,' उनले बीबीसीलाई भने।
बीबीसी