६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलौदीमा पहिलोपटक रोटे पिङ (फोटोफिचर)



अ+ अ-

तनहुँ । गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि नेपालीको महान पर्व बडादशैँ आएको सङ्केत जनाउँछ । दशैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।

नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।

तर, यसपटक तनहुँको भिमाद नगरपालिका-३ जलौदीमा भने फरक माहोल छ । यहाँ पहिलोपटक रोटे पिङ हालेपछि गाउँको शोभा नै बढेर गएको छ । युवापुस्ताहरुको अथाह लगाव र पाकाहरुको मेहनतले १२ दिन लगाएर पहिलोपटक रोटे पिङ हालिएको हो ।

केहीदिन पहिलेमात्र सडकबत्ती राखेपछि झलल बलेको जलौदी पिङ राखेपछि यसले हराउँदै गएको संस्कृती र परम्परालाई उजागर गरेको यहाँका वडाध्यक्ष पदमराज सेन बताउँछन् ।

यस पिङले समाजमा आपसी सहयोग र सद्भावलाई जोड्दै आउने पुस्तालाई समेत आफ्नो संस्कृती र पहिचानलाई जोगाइराख्न चुनौति समेत थपेको छ ।