२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान सरकार सम्झौताको लागी तयार, शर्तका लागि हुँदैछ कुराकानी



अ+ अ-

एजेन्सी । अफगानिस्तान अब पूर्णरुपमा तालिबानको नियन्त्रणमा आएको छ । 

तालिबानहरु आइतबार राजधानी काबुलमा प्रवेश गरेसँगै अफगान सरकार सम्झौताका लागि तयार भएका छन् । 

अफगानिस्तानका कार्यबाहक गृहमन्त्री अब्दुल सत्तार मीरजकवालका अनुसार तालिबानले काबुलमा हमला नगर्ने शर्त मानेका छन् । उनीहरु शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण चाहन्छन् । 

नागरिक आफ्नो सुरक्षालाई लिएर चिन्तित रहेका छन् । तालिबानले पनि वक्तव्य जारी गर्दै नागरिकको सुरक्षाको जिम्मा लिने जनाएको छ । 

तालिबानले काबुलको बगराम जेलपछि पुल–ए–चरखी जेललाई पनि तोड्दै करीब ५ हजार कैदीहरुलाई छुटाएको छ । 

उक्त जेल अफगानिस्तानको सबैभन्दा ठूलो जेल रहेको छ । यहाँ धेरैजसो तालिबान लडाकुहरु बन्दी बनेर रहेका थिए । 

तालिबानले काबुलमा प्रवेश गर्नेवित्तिकै बगराम एयरपोर्टसहित केही इलाकामा समेत कब्जा गरेका थिए ।