२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

प्रत्यायोजित व्यवस्थापन समिति: राष्ट्रिय गौरबका आयोजनारुको स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेश

प्रत्यायोजित व्यवस्थापन समिति: राष्ट्रिय गौरबका आयोजनारुको स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेश
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समिति अन्तर्गतको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनारुको स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेश गरेको छ । 

सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवको आयोजनाहरुको स्थलगत अध्ययन/अवलोकन गरी समितिको आइतबारको बैठकमा प्रतिवेदन पेश गरेको हो । उपसमितिले महाकाली सिँचाई आयोजना, कैलालीको टिकापुरस्थिति रानीजमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाई आयोजना र धनगढी अन्तर्गत पर्ने हुलाकी राजमार्ग (कञ्चनपुरको दैजीदेखि कैलालीको टिकापुरसम्म) स्थलगत अनुगमन गरी आयोजनाको अवस्था, प्रगति, विद्यमान समस्याहरु र सुझाव समेत उल्लेखगरी प्रतिवेदन बुझाएको छ ।

उपसमितिको प्रतिवेदनमा महाकाली सिँचाई आयोजनालाई भारतीय क्षेत्रमा निर्माण हुनुपर्ने १२ सय मिटर नहर निर्माण भइरहेको र आगामी डिसेम्बरमा सीमा सम्म पानी छोड्ने लक्ष्य रहेकोले उक्त पानीको सदुपयोग गर्न ब्रम्हदेव, मुसेपानी, हात्तीथला, झलारी क्षेत्रको ५३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन २२ वटा शाखा तथा प्रशाखाहरुको अविलम्ब निर्माण प्रक्रिया अगाडी बढाउनुपर्ने सुझाव दिएको छ । त्यस्तै महाकाली नदीको पानीमा सिल्टको मात्रा अधिक रहेकोले सो को व्यवस्थापनको लागि मूल नहरमा पानी चलाउनु भन्दा पहिले डिसिल्टिङ वेशिन निर्माण हुनुपर्ने पनि सुझाव दिएको छ ।

रानी–जमरा–कुलरिया सिँचाई आयोजनालाई टिकापुर९पुर्व० नगरपालिका र वर्दियाको राजापुर क्षेत्रका जनप्रतिनिधि बसेर बन्दै गरेको टापु बन्न नदिन थुप्रिएको बालुवाको व्यवस्थापन गर्नुपर्ने र रुख कटान जस्ता समस्यालाई वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरक्षा पोष्टको यथाशिघ्र व्यवस्था गरिनुपर्ने, मुआव्जाको सन्दर्भमा उठेका समस्याहरुको समाधानका लागि मन्त्रालयले यथाशिघ्र एकिकृत कानून निर्माण तथा उचित निर्णय गर्नुपर्ने, कार्य प्रकृति तथा समय लागतको आधारमा कर्मचारीको मनोवल बढाउन प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि उपसमितिको सुझाव रहेको सरकारी आश्वासन अध्ययन उपसमितिका संयोजक शेरबहादुर कुँवरले बताउनुभयो ।

हुलाकी राजमार्गलाई कान्द्रा नदीको पुल छिटो बन्नुपर्ने, नेपाल ६÷१२० पिलर, सहायक पिलर ७५२ तिर मोहना नदीको छेउबाट कञ्चनपुरको डोके बजारसम्म ५ सय मिटर सडकको साइड परिवर्तन गरी सहज निकास निकाल्नुपर्ने र रुख कटान जस्ता समस्यालाई वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ । सिँक्टा सिँचाई आयोजनालाई सुरक्षित पालेघरको व्यवस्था हुनुपर्ने, नहर अतिक्रमण रोक्न विभाग तथा मन्त्रालयले उचित पहलकदमी दिने र जल उपभोक्ता संस्थालाई पुर्ण बनाउनुपर्ने सुझाव उपसमितिले दिएको सरकारी आश्वासन अध्ययन उपसमितिका संयोजक कुँवरले बताउनुभयो ।

उपसमितिले समग्रमा निर्धारित समयमै परियोजना सम्पन्न गर्नेगरी कार्यक्रम तय गरिनुपर्ने, मुआब्जा निर्धारणमा एकरुपता हुनुपर्ने, अन्तर मन्त्रालय बीचको समन्वय हुनुपर्ने, परियोजना शुरु हुनुपुर्व सबै आउने समस्या समाधान गरेर मात्र अगाडी बढ्नुपर्ने र परियोजनाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी परियोजना थपिनुभन्दा भैरहेको परियोजनालाई पुग्ने गरी बजेट विनियोजनको सुनिश्चितता गरिनुपर्ने, परियोजनामा आएका समस्याहरुको समयमै समाधान खोजिनुपर्ने, निर्धारित समयमै परियोजना सम्पन्न गर्नेगरी कार्यक्रम तया गरिनुपर्ने र परियोजनामाथि आएका मुद्दा मामिला एवं कानुनी अवरोधको समयमै निदान गर्नुपर्नेमा उपसमितिले जोड दिएको छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्नका लागि छुट्टै नीति र ऐनको व्यवस्था हुनुपर्ने र ऐलानी जग्गा सम्बन्धी छुट्टै नीति र कार्यविधि बनाउनुपर्ने सुझाव उल्लेख गरिएको छ ।