२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलको क्यानडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो



अ+ अ-

काठमाडौं । एकपछि अर्को गर्दै प्रमुख शहरहरुमा कब्जा जमाउँदै आएको तालिवान लडाकु समूहको आक्रमणको त्रास बढेसँगै त्यहाँ कार्यरत विभिन्न देशहरुका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । 

यसैबीच अफगानिस्तानको राजधानी काबुलस्थित क्यानडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । 

हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट क्यानडा दूतावासको सुरक्षामा खटिँदै आएका १११ जना नेपालीलाई उक्त कम्पनीले आज एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको हो ।