• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सुजन चापागाईँ र विद्या तिवारीको ‘बाफ’ बोलको गित सार्वजनिक (भिडियोसहित)



काठमाडौं । 'तिनपाते' र  'के माया लाग्छ र ?' बोलको गीतबाट चर्चा कमाउन सफल गायक सुजन चापागाँई र गायिका विद्या तिवारीको युगल आवाजमा 'बाफ' बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा गायक प्रताप दास र सिल्पा थापाको मुख्य अभिनय रहेको छ ।

हर्क साउद्को शब्द रहेको सो गीतको कम्पोज भने गायक सुजन चापागाँई आफैले गरेका हुन् । गीतको संगित निर्माता गगन थापा हुन भने अरेन्जमेन्ट र गितारको काम पनि उनी आफैले गरेका छन् । यता गीतको मिक्सिङ् र मास्टरिङ् भने कोविड बज्रले गरेका छन् ।

गीतको रेकर्डिङ् नाम्लो म्युजिक हब र आर्टमाण्डुबाट गरिएको छ ।