२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसमा एक रातको २८ लाख भाडा भएको होटलमा बस्छन् मेसी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी स्पेनको बार्सिलोना क्लब छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पेरिसमा बस्न थालेका छन् । 

पेरिसमा अहिले उनी परिवारसँग समय बिताइरहेका छन् । उनी पत्नी एन्टोनेला र तीन सन्तानसँगै पेरिसको ल रोयल मोन्सेउ होटलमा रहेका छन् । 

उक्त होटलमा एक रातका लागि २० हजार युरो अर्थात् २७ लाख ९५ हजार (झण्डै २८ लाख) रुपैयाँ तिर्नुपर्छ । यस फाइभ स्टार होटलमा भव्य स्विमिङ पूल र सिनेमाघर रहेको छ । यो निकै शानदार र भीआईपी स्थानमा रहेको छ । 

सन् २०१७ मा बार्सिलोनाबाटै पीएसजी आएका ब्राजिलियन स्टार नेयमार पनि यस होटलमा बसेका थिए । 

पीएसजीसँग दुई वर्षको सम्झौता गरेका मेसीको पीएसजीमा वर्षको लगभग पाँच अर्ब रुपैयाँ कमाई हुनेछ ।