६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा (भिडियो)

सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा (भिडियो)
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताउनु भयो । उहाँले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताउनु भयो । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताउनु भयो ।

अध्यक्ष गहतराजले भन्नुभयो, ‘हामीले यो राष्ट्रलाई सामाजिक एकता कायम गरेर समृद्ध नेपाल निर्माण गर्नको निमित्त यो पार्टी गठन भएको छ । यसको मुख्य मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल छ ।’घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताउनु भयो ।

केन्द्रिय सदस्य खतिवडाले भन्नुभयो, ‘काम गरेर अघि बढ्ने परम्पराको शुरुवात गरौँ । जनताको भावनालाई कदर गरौँ । सर्प देख्दा दुला बाहिर हात, माछा देख्दा दुला भित्र हात गर्ने परिपाटीको विकास नेपालको राजनीतिमा भएको छ । जनतामा जाँदा एउटा कुरा गर्ने, सत्तामा जाँदा अर्को कुरा गर्ने पद्धतिको विकास भएको छ । त्यसको अन्त्यका लागि सामाजिक एकता पार्टी अघि बढोस् शुभकामना छ । हामी सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छौं । यो पद्धति हामीबाट नै अन्त्य गरौँ । नेपालको राजनीति पार्टीका नेताहरुमा अहिले वचन र इमान्दारिताको खडेरी परिरहेको छ । पार्टी खोलेर नाता, दाता, भ्राताहरुलाई राख्ने परिपाटी अन्त्य गर्नुपर्छ । यसको शुभकामना दिन चाहन्छु ।’

केन्द्रिय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गर्नुभयो । उहाँले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिनुभयो ।