२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द प्रशिक्षणबाट ४५ महिला खेलाडीमध्ये १७ बाहिरिए



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । 

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्ट स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ । छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ ।  २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।