४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

विवेकपूर्ण तरीकाले खाएर दशैं मनाउन सकिन्छ

विवेकपूर्ण तरीकाले खाएर  दशैं  मनाउन सकिन्छ
अ+ अ-

दसैं यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ। दसैं खानासँग पनि जोडिन्छ।

इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।

दशैंंको बेलामा मासु त जोडिएको नै हुन्छ । “दशैंंमा मासु भात नखाए के दशैंं” भन्ने सोच प्राय हुन्छ । पहिले पहिले मासु खान शायद चाड पर्व नै पखर्नु पर्ने हुनाले यसो भनिएको हो कि ?

हामी सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा हामी दशैंंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरुको घरमा गइन्थ्यो । अहिले चाहिँ ठूलालाई सबै ठाउँमा नयाँ लुगा प्रतिको मोह कम भएपनि दशैंंमा नातागोता साथीहरु सँग भेटघाट गर्ने कार्यक्रम झन बढदै गएको छ ।
अहिले मानिसको हिँडाइमा कमी आएको छ। यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।
दसैंमा हामी अझै बढी मासु खान्छौँ।

मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ। मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। । यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ। मासु सँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।

धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।

दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। । तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन।

पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ। पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ।
.
दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।

अहिले कतिपय वयस्कलाई उच्चरक्तचाप, मधुमेह आदि भएको छ त्यस्तो मान्छेले त दशैंंको बेला जिब्रोलाई लगाम नै दिनुपर्छ ।

एकछिन खान त रमाइलो नै हुन्छ । तर स्वास्थको पनि ध्यान दिनु पर्छ भन्ने कुरा चाहिँ बेवास्ता गरिन्छ । एक गाँस “कम खानु यो खास गाह्रो कुरा त होइन, स्वास्थ्य समस्यापरेका तर मानिसललाई कोचेर खाँदा त वित्यास नै पर्छ ।”

कति गाउँ ठाउँमा मासुभात खानको लागि पहिलेदेखि नै खसी बोको, सुगुर आदि पालेर राखेको हुन्छ । यो बेलामा समुदायमा खसी बोको, सुगुर मिलेर पनि काटिन्छ, बेसगरी खाइन्छ ।

तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।