२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान प्रवक्ता भन्छन्ः अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन



अ+ अ-

एजेन्सी । अफगानिस्तान अब पूर्णरुपमा तालिबानको नियन्त्रणमा लगभग आएको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । 

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएका छन् । 

तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले आफू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार रहेको बताउनुभएको अन्तरिम गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवाललाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

सत्ता हातमा लिने अन्तिम तयारीमा रहेको बेला तालिबानले महिलाको अधिकारलाई सम्मान गर्ने जनाएको छ । तालिबान प्रवक्ता सुहाइल साहिनले बीबीसीसँग कुरा गर्दै महिलाको अधिकारको सम्मान गर्ने बताउनुभएको हो ।  

प्रवक्ता साहिनले विदेशी कुटनीतिक नियोगहरूलाई पनि कुनै खतरा नहुने भन्दै ढुक्क भएर आफ्नो काम गर्न आग्रह गर्नुभएको छ । उहाँले आफ्नो देश फर्कन चाहनेहरूलाई सहज रूपमा फर्कन दिने पनि उल्लेख गर्नुभएको छ ।