२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बायर्न लेजेन्ड मुलर



अ+ अ-

एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिखका लेजेन्ड गर्ड मुलरको आइतबार निधन भएको छ । 

क्लबले आइतबार बिहान उनको निधन भएको पुष्टि गरेको हो । मुलर ७५ वर्षका थिए ।

सन् १९६४ देखि १९७९ बीच उनले बायर्नका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरेका थिए । उनले चार बुन्डेसलिगा र तीन युरापेली कपको उपाधि जिते ।

पश्चिम जर्मनका लागि पनि उनी सफल खेलाडी हुन् । उनले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए । 

सन् १९७० को बेलन डे’अर विजेता मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गर्दै पश्चिम जर्मनीलाई नेदरल्यान्ड्सलाई हराएर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।