६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

दसैँँमा बज्ने गीतहरू

दसैँँमा बज्ने गीतहरू
अ+ अ-

काठमाडौँ । घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ ।

दसैँँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँँको रौनक भित्र्याउँछ ।

सर्वाधिक बज्ने गीत हो ‘दसैँँ आयो’ । फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैँँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको तयार पार्नुभएको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिनुभएको छ । गीतमा सुरेश अधिकारीले सङ्गीत दिनुभएको छ । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ ।

स्वरसम्राट नारायणगोपालको स्वर दिनुभएको ‘बिछोडको पीडा’ पनि दसैँँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिनुभएको गीतले दसैँँमा गाउँ फर्किरहनुभएको युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दसैँँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीतलाई रत्नशमशेर थापाले लेख्नुभएको हो ।

दसैँँ, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गर्नुभएको ‘दसैँँ तिहार’ । रवि श्रेष्ठले शब्द लेख्नुभएको गीतमा सङ्गीत स्वयं सुगमले नै दिनुभएको छ ।

परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैँँमा छोराको बाटो कुरिरहनु भएको आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ । महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैँँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिनुभएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ ।

दसैँँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दसैँँको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गर्नुभएको हो । यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिनुभएको छ । वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दसैँँ, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउनुहुन्छ । उहाँको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । “मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दसैँँलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दसैँँमा उत्तिकै सेलिब्रेट गरिन्छ”, सङ्गीतकार बाँस्कोटाले भन्नुभयो ।

सङ्गीतकारसँगै गायकसमेत रहनुभएका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैँँ गीत प्रिय लाग्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दसैँँ, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।” फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उहाँको भनाइ छ ।रासस