२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे उग्ररुपमा प्रस्तुत नहुन प्रचण्डको नेता तथा कार्यकर्तालाई निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बारे उग्र रुपमा प्रस्तुत नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ । 

शनिबार र आइतबार बसेको पार्टीको बैठकमा सदस्यहरुले एमसीसीबारे प्रष्ट पार्न पटक-पटक आबाज उठाएपछि दहालले सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा एमसीसी प्रयोग गर्न खोजिएको भन्दै यस बारे उग्र नहुन निर्देशन दिनु भएको हो । 

उहाँले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको भन्दै तत्कालीन नेकपाका नेता झलनाथ खनालको कार्यदलले तयार पारेको  कार्यदलको सुझावअनुसार परिर्माजन गरेर मात्र पारित गर्नुपर्ने बताउनु भएको एक सदस्यले जानकारी दिनुभयो ।