१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा झिलिमिलि काठमाडौंका बजार (फोटोफिचर)



अ+ अ-

काठमाडौं । देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिड,लटाईले सझिइएको छ ।

साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन् ।

दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् ।

उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद  तस्बिर ।

दरवारमार्ग ।
विशाल बजार ।