• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

रहेनन् सलमान खानका बडी डबल सागर पाण्डे



एजेन्सी । बलिउड अभिनेता सलमान खानका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार जिममा कसरत गर्ने क्रममा उनको मृत्यु भएको हो । सागर ४५-५० वर्षका थिए ।

सलमान खानका अर्का बडी डबल शान्तनु घोषका अनुसार सागर जिममा कसरत गरिरहेको बेला अचानक बेहोस भएका थिए ।

सागरलाई तुरुन्तै जोगेश्वरी पूर्व, मुम्बईमा रहेको हिन्दी हृदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर नगरपालिका अस्पतालमा लगियो । त्यहाँ चिकित्सकले अस्पताल पुग्नुअघि नै सागरको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

एक अन्तर्वार्तामा सागरले आफू पनि सलमान खान जस्तै अविवाहित भएको बताएका थिए । सागरका ५ दाजुभाइ छन् र उनीहरुको खर्च सागरले नै बेहोर्दै आएका थिए ।

बडी डबलको रूपमा सागरको करियर १९९८ मा आएको फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो । यसपछि सागर बजरंगी भाईजान, ट्युबलाइट, दबंग, दबंग २ जस्ता फिल्ममा सलमानको बडी डबल बनेका छन् ।