२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार माध्यमलाई स्वमूल्यांकन गर्न प्रमुख आयुक्त थपलियाको आग्रह



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी समाचारलाई सही ढंगले तत्काल प्रवाह गरिदिन आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गर्न आमसञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्दै सञ्चारमाध्यमबाट सहयोग नभएको भए निर्वाचन सम्पन्न गर्न सायदै सकिने बताउनुभयो ।

विशेषगरेर निर्वाचन आचारसंहिताका सन्दर्भमा राजनीतिक विज्ञापन भएको छ कि छैन, निर्वाचनसम्बन्धी सामग्री/समाचार के कसरी प्रकाशन भइरहेका छन् भन्नेबारे आयोगले पाँच जना विज्ञ राखेर अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यद्यपि उहाँले निर्वाचनसम्बन्धी समाचारलाई लिएर आयोगले कुनै पनि सञ्चार माध्यमलाई कुनै पनि किसिमको स्पष्टीकरण नसोध्ने र सोध्न पनि नमिल्ने उल्लेख गर्नुभयो । पत्रकार आचारसंहिताअन्तर्गत स्पष्टीकरण सोध्ने काम प्रेस काउन्सिलको रहेको उहाँको भनाइ थियो ।

निर्वाचनसम्बन्धमा प्रेस काउन्सिलले आन्तरिक आचारसंहिता बनाउन सक्नेछ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै आचारसंहितालाई ध्यानमा राखेर सञ्चार माध्यमले स्वमूल्यांकन गरिदिए पुग्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पत्रकार आचारसंहिता, २०७३ का केही प्रावधान यो निर्वाचनबाटै प्रयोग गरौँ भन्न्ने आयोगको आग्रह र सुझाव छ ।”

उहाँले सबै उम्मेदवारलाई समान पहुँच दिन र नियमित प्रक्रियाअन्तर्गत निर्वाचनसम्बन्धी सामग्रीलाई समावेश गरिदिन अनुरोध गर्नुभयो ।