२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालीवानीका यी चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने



अ+ अ-

काठमाडौं । तालीवान बिद्रोहीले अफगानिस्तान आफ्ना  चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने बताएका छन् । राष्ट्रपति भवन नियन्त्रणमा लिएपछि प्रेस बिज्ञप्ती जारी गर्दै तालिवानले आफ्ना  चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने बताएका हुन् । 

सत्ता सम्हाल्ने नेतामा हेबतुल्लाह अखुंदजादा, मुल्ला बरादर, सिराजुद्दीन हक्कानी र मुल्ला याकुव रहेका छन् । तालिवानले अफगानिस्तान पुरै नियन्त्रणमा लिन सय दिन लागेको बताएको छन् । 

सन् १९९६ देखि सन् २००० सम्म चार बर्ष तालिवान सत्तामा रहेका थिए । सन् २०१६ मा अमेरिकी ड्रोन हमलमा तालीवानी नेता मुल्ला मंसुर मारिएपछी अखुंदजादा प्रभावशाली नेताका रुपमा आएका हुन् ।  

कान्दाहारमै हुर्केका अर्का नेता मुल्ला बरादरले सन् २०१० मा पाकिस्तानमा गिरफतारीमा परेर छुटेका नेता हुन् ।

यसैगरी अर्का नेता सिराजुद्दीन तालीवानी नेता जलालुद्दीन हक्कानीका छोरा हुन् । जो अफगानिस्तानको प्रान्तीय राजधानी कब्जामा उनको भुमिका रहेको थियो । अर्का नेता मुल्ला याकुव हुन् जो यी तीन मध्ये अफगानिस्तान नियन्त्रणका योजनाकारका रुपमा परिचित छन् ।