१९ असार २०८३, शुक्रबार
,
Latest
स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालीवानीका यी चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने



अ+ अ-

काठमाडौं । तालीवान बिद्रोहीले अफगानिस्तान आफ्ना  चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने बताएका छन् । राष्ट्रपति भवन नियन्त्रणमा लिएपछि प्रेस बिज्ञप्ती जारी गर्दै तालिवानले आफ्ना  चार प्रभावशाली नेताले सत्ता सम्हाल्ने बताएका हुन् । 

सत्ता सम्हाल्ने नेतामा हेबतुल्लाह अखुंदजादा, मुल्ला बरादर, सिराजुद्दीन हक्कानी र मुल्ला याकुव रहेका छन् । तालिवानले अफगानिस्तान पुरै नियन्त्रणमा लिन सय दिन लागेको बताएको छन् । 

सन् १९९६ देखि सन् २००० सम्म चार बर्ष तालिवान सत्तामा रहेका थिए । सन् २०१६ मा अमेरिकी ड्रोन हमलमा तालीवानी नेता मुल्ला मंसुर मारिएपछी अखुंदजादा प्रभावशाली नेताका रुपमा आएका हुन् ।  

कान्दाहारमै हुर्केका अर्का नेता मुल्ला बरादरले सन् २०१० मा पाकिस्तानमा गिरफतारीमा परेर छुटेका नेता हुन् ।

यसैगरी अर्का नेता सिराजुद्दीन तालीवानी नेता जलालुद्दीन हक्कानीका छोरा हुन् । जो अफगानिस्तानको प्रान्तीय राजधानी कब्जामा उनको भुमिका रहेको थियो । अर्का नेता मुल्ला याकुव हुन् जो यी तीन मध्ये अफगानिस्तान नियन्त्रणका योजनाकारका रुपमा परिचित छन् ।