२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल मोहम्मद हत्या प्रकरणमा तीन पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लाल मोहम्मद हत्या प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँको गोठाटारमा महोम्मदको गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका तीनै जना हतियार व्यवस्थापक हुन् ।

यही असोज ४ गते बेलुका भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको हो । प्रहरीले तीनै जनाले मोहम्मदको हत्याका लागि हतियार व्यवस्थापनमा सहयोग पुर्याएको बताएको छ ।

घटनामा संलग्न महिला यसअघि लागुऔषधसम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीले बताएको छ । प्रहरीले तीन जना पक्राउ परेको बारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको समाचार छ ।

गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि बेलुकीको समयमा मोटरसाइकलमा आएका तीनमध्ये एक व्यक्तिले मोहम्मदलाई अगाडिबाट गोली हानी हत्या गरेका थिए । सो घटनाबारे प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर अनुसन्धान गरिरहेको छ ।




भर्खरै