२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल मोहम्मद हत्या प्रकरणमा तीन पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लाल मोहम्मद हत्या प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँको गोठाटारमा महोम्मदको गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका तीनै जना हतियार व्यवस्थापक हुन् ।

यही असोज ४ गते बेलुका भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको हो । प्रहरीले तीनै जनाले मोहम्मदको हत्याका लागि हतियार व्यवस्थापनमा सहयोग पुर्याएको बताएको छ ।

घटनामा संलग्न महिला यसअघि लागुऔषधसम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीले बताएको छ । प्रहरीले तीन जना पक्राउ परेको बारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको समाचार छ ।

गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि बेलुकीको समयमा मोटरसाइकलमा आएका तीनमध्ये एक व्यक्तिले मोहम्मदलाई अगाडिबाट गोली हानी हत्या गरेका थिए । सो घटनाबारे प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर अनुसन्धान गरिरहेको छ ।