काठमाडौ । राष्ट्रपति कार्यलयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजया दशमीका दिन असोज १९ गते प्रदान गरिने टीकाको लागि ईच्छुक व्यक्तिहरुका लागि समय निर्धारण गरेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार ईच्छुक सम्माननीयहरु, मन्त्रीहरु , प्रदेशप्रमुखहरु , न्यायधीशहरु,सघीय संसदका सदस्य , सबैधानिक निकायका पदाधिकारी एबं बिशिष्ट व्यक्तिका लागि अपरान्ह २: ०० बजे ३ः०० बजे सम्माको समय निर्धारण गरिएको छ ।
यसैगरी इच्छुक सर्वसाधारणका लागि अपरानह ३:०० बजे देखी ५: ०० बजे सम्मका लागि तोकिएको छ । राष्ट्रपति कार्यालयका अनुसारामर्यादित पोशाक लगायर प्रवेशद्वार नं १ बाट प्रवेश गर्ने स्थान तोकिएको छ ।