२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजया दशमीका दिन राष्ट्रपतिले इच्छुक व्यक्तिहरु लाई टिका प्रदान गर्ने



अ+ अ-

काठमाडौ । राष्ट्रपति कार्यलयले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट विजया दशमीका दिन असोज १९ गते प्रदान गरिने टीकाको लागि ईच्छुक व्यक्तिहरुका लागि समय निर्धारण गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार ईच्छुक सम्माननीयहरु, मन्त्रीहरु , प्रदेशप्रमुखहरु , न्यायधीशहरु,सघीय संसदका सदस्य , सबैधानिक निकायका पदाधिकारी एबं बिशिष्ट व्यक्तिका लागि अपरान्ह २: ०० बजे ३ः०० बजे सम्माको समय निर्धारण गरिएको छ ।

यसैगरी इच्छुक सर्वसाधारणका लागि अपरानह ३:०० बजे देखी ५: ०० बजे सम्मका लागि तोकिएको छ । राष्ट्रपति कार्यालयका अनुसारामर्यादित पोशाक लगायर प्रवेशद्वार नं १ बाट प्रवेश गर्ने स्थान तोकिएको छ ।