२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगीले जनता हैरान हुँदा बालुवाटारमा रमिता छ– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुलप्रसाद बाँस्कोटाले डेंगीले जनतालाई हैरान बनाएको बेला सरकारले रमिता गरिरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले बिहीबार एक ट्विट गर्दै जनतालाई डेंगीले आक्रान्त बनाइरहेको बेला बालुवाटारमा सत्ता गठबन्धन सिट बाँडफाँटमै रमाइरहेको भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभाको समानुपातिक सूचीमा एकलौटी गरेपछि नेपाली कांग्रेसको शेखर कोइराला पक्ष पनि कांग्रेसको यस्तै डेंगीबाट त्राहिमाम बनेको बताउनुभएको छ ।

उहाँले डेंगीको यस्ता भयावह अवस्थामा पनि नागरिक समाजले कुनै खबरदारी नगरेको बताउनुभएको छ ।

उहाँको ट्विट यस्तो छ:

वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै छन।रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।