९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गुठियार बाहिरिँदा राजधानीको सांस्कृतिक पर्वको प्रक्रिया लोप

गुठियार बाहिरिँदा राजधानीको सांस्कृतिक पर्वको प्रक्रिया लोप
अ अ+ अ-

काठमाडौँ । राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ ।

कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौँकै अन्य खुला स्थान विशेषगरी काठ क्षेत्रमा सर्न थालेका छन् । कतिपय नेवार समुदाय भने अहिले पनि धेरै जना दाजुभाइ एउटै घरमा बसिरहेका छन् । नेवार समुदायले विभिन्न देवी–देवताका रथयात्रा एवं बडादसैँलगायत मुख्य सांस्कृतिक चाड गुठीबाट भोज गरी मनाउँछन् । गुठीका सदस्य (गुठियार) टाढिँदा गुठी पनि लोप हुने अवस्थामा पुगिसकेको काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले  जानकारी दिनुभयो ।

“ गुठियार बाहिरिँदा यहाँ मनाइने विभिन्न जात्रामा खट बोक्ने मान्छेसमेत नहुने अवस्था आएको छ, गठेमङ्गल पर्वमा भूतलाई घरबाट बाहिर पठाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ, समुदायका सदस्य एकैठाउँ नहुँदा अन्य पर्वका सांस्कृतिक प्रक्रिया पनि सङ्कटमा परेका छन्”, उहाँले भन्नुभयो ।

महानगरपालिकाका वडा नं १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ का पूरै भाग मुख्य सहरी क्षेत्रमा पर्छन् । २६, २८, १३ र ११ नं वडाका केही भागमा पनि मुख्य सहरी क्षेत्रबाट गएर बसेका नेवार समुदायको बाहुल्यता छ । सेतो मच्छेन्द्रनाथको पुजारीसमेत रहनुभएका महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्य नेवार समुदाय मुख्य सहरी क्षेत्रबाट काठक्षेत्रका बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुनलगायत नगरपालिकामा गएर बस्न थालेकाले गुठी, पर्व एवं रथयात्रा चलाउन अप्ठ्यारो भएको बताउनुहुन्छ ।

मुख्य सहरी क्षेत्र साँघुरो हुन थालेकाले बेचेर नेवार समुदाय धेरै जग्गामा घर बनाउन काठक्षेत्र पस्न थालेका हुन् । मुख्य सहरी क्षेत्रमा भने मारवाडी र मुस्लिम समुदाय घर जग्गा किनेर बस्न थालेको उहाँले सुनाउनुभयो । यसका कारण दसैँ, नेपाल संवत्, म्हपूजा, किजापूजालगायत सांस्कृतिक पर्वमा प्रभाव पर्न थालेको छ ।

नेवार समुदायमा पहिले दसैँको टीकादेखि तिहारसम्म टीका लगाइन्थ्यो । अहिले भने कोजाग्रत पूर्णिमासम्ममात्र लगाइन्छ । महानवमीको दिन विशेष पूजा गरेर नेवार समुदायमा विजयादशमीका दिन रातो टीकासँगै कालो टीका पनि लगाउँछन् । यसलाई ‘मोहनी सिन्ह’ भनिन्छ ।

नेवार समुदायका श्रेष्ठ, जोशी, राजोपाध्याय र शर्मा बाहेकका थर बौद्धमार्गी भएकाले पछिल्लो समय बलि प्रथा छोड्न थालेको वडाध्यक्ष खड्गी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बलि प्रथा छोड्दा दाजुभाइको मिलनमा पनि अप्ठ्यारो हुन थालेको छ, मुख्य सहरी क्षेत्रबाट बाहिरिए पनि बलि प्रथा भएका बेला बलिको मासु लिन बाहिरिएकाहरू पनि मूलघर आउने गर्थे, बलिको मासु जेठोको क्रमअनुसार सबैलाई भाग लगाउने विधि नेवार समुदायमा छ, दाजुभाइबाहेकलाई यो मासु दिइँदैन ।”

यो परम्पराका कारण सम्बन्ध बिग्रिएका दाजुभाइ पनि दसैँमा एकै ठाउँ हुन्थे । सम्बन्ध सुध्रिन्थ्यो । अब त्यो परम्परा कसरी बसाल्ने भन्ने समस्या हुन थालेको छ । बलिप्रथा छाडेका नेवार समुदायले मासु खान भने छोडेका छैनन् । बलि नदिने तर मासु भने खाने गरी विकसित भएको परम्परा त्यति ठीक नलागेको भन्दै समुदायभित्र आवाज पनि उठ्न थालेको वडा अध्यक्ष खड्गीले जानकारी दिनुभयो ।

असनको उदाय् समाजका नौ थरले फरक तरिकाले दसैँ मनाउँछन् । यो समुदायले असनस्थित अन्नपूर्ण मन्दिरको जात्रा आश्विन शुक्ल एकादशीका दिन गर्ने गरेका छन् । यो समुदायमा खड्ग जात्रा पनि आश्विन शुक्ल एकादशीकै दिन हुने गरेको छ ।

मुख्य सहरी क्षेत्रका नेवार समुदाय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका नौवटा तीर्थमा जाने गर्छन् । यसलाई नवरात्रको तीर्थयात्रा पनि भन्ने गरिन्छ । यो यात्रा शङ्खमूलबाट सुरु गरिन्छ । यो यात्रा गर्ने नेवार समुदायले नवरात्रको पहिलो दिन शङ्खमूल जाने गरेको महानगरपालिका वडा नं २५ का अध्यक्ष राजेश डङ्गोल बताउनुहुन्छ ।

दोस्रो दिन शोभाभगवती, तेस्रो दिन गोकर्णेश्वर, चौथो दिन पचली भैरव, पाँचौँ दिन टोखा, छैटौँ दिन पशुपति देवपत्तन, सातौँ दिन टेकु दोभान, आठौँ दिन कङ्केश्वरीपारिको लखतीर्थ, नवौँ दिन गुह्येश्वरीमा पूजा आरधना एवं दर्शन गर्ने विधि रहेको उहाँले जानकारी दिनुभयो । रासस