२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिए



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् ।

बुधवार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष साधारण सभाबाट अधिकारी र दीपेन्द्र चुनिएका हुन् । यससँगै एन्फमा २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

त्यसपछि विशेष साधारण सभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्येबाट टुङ्गो लगाउने निर्णय भएको थियो । सोही अनुसार बुधवारको विशेष साधारण सभाबाट अधिकारी र धिमाल विजयी भएको एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मतमात्र प्राप्त गरेका थिए । बुधवारकै विशेष साधारण सभाले २०७८ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

साधारण सभाले फुटबल सञ्चालनका लागि दीर्घकालिन योजना सहित विभिन्न कार्यक्रमसहित फुटसललाई व्यवस्थित बनाउने, विभिन्न स्थानमा एकेडेमीका कार्यक्रमलाई सञ्चालनमा ल्याउने, एन्फाको आर्थिक कार्यविधि संशोधनसहित पारित समेत गरेको छ । साथै साधारण सभामा भौतिक पूर्वाधार निमार्ण, अनुशासन समिति सहित फुटसल लाइसेन्सिङ तथा सञ्चालन कार्यविधिलाई पनि पारित गरेको छ ।

एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि सकेसम्म मिति नजुध्ने गरी तालिका बनाएको र खेलाडीलाई प्रतियोगिता अनुसार खेल्नसमेत आग्रह गरेको छ । सबैखाले प्रतियोगितामा सबै खेलाडीलाई उपस्थित नहुन भन्दै राम्रा खेलाडीलाई प्रतियोगिताको स्तर अनुसार सहभागित हुन आग्रह पनि गरेको छ ।