२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गतामैत्री छैनन् लमजुङका सरकारी भवन



symbolic picture
अ+ अ-

लमजुङ । हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लाका ती संरचना अझैसम्म अपाङ्गतामैत्री बन्न सकेका छैनन् ।

यहाँ पुराना भवनमात्रै नभई नयाँ बनाइएका सरकारी कार्यालयका भवनसमेत अपाङ्गतामैत्री हुन नसक्दा अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकारका समस्या हुँदै आएको छ । भौतिक संरचनासमेत अपाङ्गतामैत्री नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको अपाङ्गता संरक्षण समाज लमजुङका सचिव सीताराम बसेलले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले १० प्रकारका अपाङ्गता भएका व्यक्ति निर्धारण गरेको छ । यीमध्ये शारीरिक अपाङ्गता, सुस्त श्रवण भएका व्यक्ति, बहिरा व्यक्ति, न्यून दृष्टियुक्त व्यक्ति, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति, बौद्धिक अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता र बहुअपाङ्गता, हेमोफिलिया, अतितमा, मनोसामाजिक पर्दछन् ।”

बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिका लागि प्रत्येक कार्यालयमा दोभाषे राख्नुपर्ने कानुनी व्यवस्था अनिवार्य गरिएको छ । त्यस्तै, बहिरा व्यक्तिका लागि साङ्केतिक सूचना चार्ट, न्यून दृष्टियुक्त व्यक्तिको आवातजावतको सुविधाका लागि इलेक्ट्रिक घण्टी हुनुपर्ने प्रावधान रहे पनि जिल्लामा नभएको जनाउँदै अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको छ ।

प्रत्येक सरकारी कार्यालय तथा भवन, बाटोहरु अपाङ्गमैत्री हुनुपर्ने २०७४ को मुलुकी प्रावधान रहेता पनि यहाँका सरकारी कार्यालय अझै अपाङ्गमैत्री हुन सकेका छैनन् । यहाँ रहेका पुराना सरकारी कार्यालय मात्रै होइन नयाँ निर्माण भएका सरकारी कार्यालयहरुसमेत अपाङ्गमैत्री छैनन् । यहाँका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, जिल्ला मालपोत, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग, जिल्लामा रहेका स्थानीय तहलगायत दर्जनाँै सरकारी कार्यालय अपाङ्गमैत्री हुन सकेको छैन ।

ती सरकारी कार्यालय अपाङ्गमैत्री नसक्दा अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजले जाँदा कष्टकर हुने गरेको अपाङ्गता संरक्षण समाजले जनाएको छ । यस समाजका सचिव बसेलले भन्नुभयो, “जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम भइरहेको छ आवाज पनि उठाउँदै आएका छौँ ।” जिल्लामा रहेको भवनमध्ये सुन्दरबजार नगरपालिकाकामा भने लिफ्ट रहेकाले सहज हुने गरेको बताइएको छ । सो समाजका अनुसार जिल्लामा चार हजार ८ सय २९ जना अपाङ्गता भएका व्यक्ति छन् ।