५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी केन्द्रीय कार्यालय सानेपामा शेखर समूहको धर्ना



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले समान अवसर र समान न्यायका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा धर्ना दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

धर्नामा विद्रोही पक्षका नेताहरु जगदीशनरसिंह केसी र गुरुराज घिमिरेलगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

विद्रोही पक्षले चियापानसहित खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम राखेको छ ।

संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने नेता केसीले जानकारी दिनुभएको छ ।