• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

पार्टी केन्द्रीय कार्यालय सानेपामा शेखर समूहको धर्ना



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले समान अवसर र समान न्यायका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा धर्ना दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

धर्नामा विद्रोही पक्षका नेताहरु जगदीशनरसिंह केसी र गुरुराज घिमिरेलगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

विद्रोही पक्षले चियापानसहित खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम राखेको छ ।

संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने नेता केसीले जानकारी दिनुभएको छ ।