• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु नै पुग्छन् : पूर्वसांसद अमरेश सिंह



काठमाडौँ। असोज २३ गते अगाडी दलभित्रका विकृतिका बारेमा बोल्न पनि सोच्नु पर्छ । टिकटको कुरा छ, सबै दागा धरेर बसेका छन् । पछिल्लो ५ वर्ष सांसद हुँदा यो संविधान लामो जाँदैन भन्ने मेरो बुझाइ रह्यो ।

संसद्मा विचार दिने बहस गर्नेको काम नै छैन । त्यहाँ त औँठाछाप भए पुग्छ । अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु नै पुग्छन् । इतिहासदेखि आजसम्मको मूल्याङ्कन गर्दा यति कमजोर संसद् कहिल्यै पनि देखेको थिइनँ ।

सासंदहरु दलपतिको खुट्टामा राख्ने हैसियतमा छन् । संसद् विघटनको विषय, प्रधानन्यायाधीशविरुद्ध किन महाअभियोग आयो ? नागरिकता विधेयक संसद्को कार्यकाल सकिने बेला किन हतार हतारमा आयो ? संसदमा यी विषयमा विषयमा गम्भीररुपमा छलफल नै भएन । न त्यसको कसैले औचित्य पुष्टि गरे ।

संसद्मा सांसदको हैसियत नै फरक छ । त्यही संसद्को एक सदस्य मन्त्री भएपछि सकेजति बजेट लिएर निर्वाचन क्षेत्र जान्छ, अर्को निरिह भएर लुरुलुरु जान्छ । जनताको नजरमा ऊ बजेट ल्याउन नसक्ने सांसदको रुपमा चित्रित हुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुले जति पनि लुटेका छन् ।

समानुपातिक समावेशीको धज्जी उडाइएको छ । संघीयताको वकालत गर्ने प्रधानमन्त्री र मन्त्रीहरु अधिकार दिनै चाहँदैनन् । जसका कारण पनि राजनीतिक पूर्वाधारको हिसाबमा यो राजनीतिक प्रणाली लामो जाँदैन । यदि संसद् सार्वभौम थलो हो भने ह्विप हटाउनु पर्छ । विधेयकहरु बनाउन पनि सासंदको कुनै भूमिका हुँदैन, बाहिर तयार हुन्छ, गैरसरकारी संस्थाले बनाउँछ, त्यहाँ औपचारिकताका लागि मात्र पेश हुन्छ । दलपतिको विवेकका आधारमा मात्र चल्छ ।

केन्द्रको त यो हालत छ भने प्रदेश सरकारको हालत कस्तो होला रु प्रदेशलाई अधिकार नै छैन । भ्रष्टाचार व्यापक छ, शिक्षा स्वास्थ्य ध्वस्त छ भने बनेका पूर्वाधारहरु यति कमजोर छन् कि ती बजेट सक्न मात्र बनाइएका हुन् । कानूनको व्यापक दुरुपयोग भएको छ ।

नेपाली कांग्रेसका पूर्वसांसद अमेरशकुमार सिंहले मंगलबार राजधानीमा आयोजित ‘संघीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन’ कार्यक्रममा व्यक्त गर्नुभएको विचार