६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश मैदानमा



अ+ अ-

काठमाडौं । दशरथ रंगशालामा भईरहेको बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती ११ जना सार्वजनिक भएको छ ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रशिक्षक प्रदीप हुमागाईंले किरण चेम्जोङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट लगायत सिनियर खेलाडीलाई पहिलो रोजाइमा राखेका छन् ।

नेपालको सुरुवाती ११ जनामा किरण चेम्जोङ (कप्तन, गोलकिपर), रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अञ्जन विष्ट रहेका छन् ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।