२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पार्टी एकताका बाधक बने : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका बाधक बनेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले एमालेलाई एक बनाउने प्रयासमा वरिष्ठ नेता नेपाल बाधक बनेको आरोप लगाएका हुन् ।  

ओलीले पार्टी एकता बचाउन कार्यदलले काम गरेपछि नेपालले सहमतिलाई अस्वीकार गरेको पनि अन्तरपार्टी निर्देशनमा उल्लेख गर्नुभएको छ ।

ओलीले माधवुकमार नेपाल र समूहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै गरेको आरोप लगाउनुभएको छ । नेपालखनाल समूहलाई ओलीले गिरोह भन्नुभएको छ ।