१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत- तस्बिरहरु(भिडियोसहित)



अ+ अ-

कास्की । पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत ४३ औँ पर्यटन दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गर्नुभयो । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक संवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवद्र्धनको बारेमा छलफल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौँ । काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा बोलाएका छौँ । कोभिडपछि अब हामी पूर्ण रुपमा पर्यटन व्यवसाय सञ्चालन तयार छौँ । पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौँ ।’

उनीहरुलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो
उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्रबैंक चोक स्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरीएको छ । यसका साथै पोखरा स्थिति विभिन्न पर्यटन संवद्ध संघसंस्थाहरुले विभिन्न
कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् ।

साँझ पोखराको लेकसाइडमा मिनि सडक महोत्सवको आयोजना गरीएको छ ।