२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविधतामा एकता भएको हाम्रो देश अस्थिर राजनीतिकको भूमरीमा फस्यो: पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)



अ+ अ-

काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीहरुलाई बडादशैँका अवसरमा शुभकामना दिनुभएको छ ।

हिमानी कोषका अध्यक्षसमेत रहनुभएकी शाहले एक भिडियो सन्देश जारी गर्दै अस्ट्रेलिया र अमेरिकालाई कर्मथलो बनाएर रहेका नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनी एवं हिमानी कोष अस्ट्रेलिया र अमेरिका च्याप्टरका सम्पूर्ण सदस्यलाई बडादशैँको शुभकामना दिनुभएको हो ।

उहाँले जन्मभूमि नेपालको माटोमा मिठो सुगन्ध, सौन्दर्य, आफ्नै अस्तित्व र प्रतिष्ठा, आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ भन्दै आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न आग्रह गर्नुभएको छ ।

विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर नेपाली राजनीतिक परिस्थितिको सामना गरिरहेको छ तथा गौरवशाली वीरहरु, सगरमाथा र गौतम बुद्धको देश नेपाल आज अनेकौँ विषम र जटिल परिस्थितिमा फसेको हामीमाझ स्पष्ट छ भन्दै भन्नुभएको छ, “हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने रु तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ ।”

पूर्वयुवराज्ञी हिमानी शाहले जारी गर्नुभएको भिडियो सन्देशको पूर्णपाठ यस्तो छ ः

नमस्ते,

मुटुभरि देशको माया हुँदा हुँदै पनि छातीमा देशको तस्बिर सजिएता पनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । थोरैको रहर र धेरैको बाध्यता हुनसक्दछ ।

जन्मभूमि नेपाल यहाँको माटोमा मिठो सुगन्ध छ । सौन्दर्य छ । मौलिक, सांस्कृतिक छन् । अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर नेपाली राजनीतिक परिस्थितिको सामना गरिरहेको छ ।

गौरवशाली वीरहरु सगरमाथाको गौतम बुद्धको देश नेपाल आज अनेकौँ विषम र जटिल परिस्थितिमा फसेको हामीमाझ स्पष्ट छ । हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने ? तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ ।

आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिलो त भइसकेको छैन भन्ने आह्वानका साथ सबैलाई सोच्न आग्रह गर्दछु । हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व बडादशैँको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मथलो बनाएर रहनुभएका समस्त नेपाल आमाबुबा, दाजुभाइ दिदीबहिनी एवं यस हिमानी कोष अस्ट्रेलिया र अमेरिका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवानीले सधैँ आशीर्वाद दिउन् भनी शुभच्छाका साथ समृद्धि, आयु र आरोग्यका लागि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । धन्यवाद ।