• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

नेतृत्वले हाम्रो मागलाई बेवास्ता गरे कठोर निर्णय लिन्छौँ– जगदीशनरसिंह केसी



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेलाले बेलैमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए कठोर निर्णय लिने चेतावनी दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

ठमेलको एक होटलमा आज बसेको भेलाले यही असोज १२ गते मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम तय गरेको भेलाको संयोजन गर्नुभएको विद्रोही पक्षका नेता जगदीशनरसिंह केसीले जानकारी दिनुभयो ।

विद्रोही पक्षले चियापानसहित खबरदारी सभासमेत गर्ने भएको छ । खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम राखिएको संयोजक केसीले बताउनुभयो । उहाँका अनुसार चियापानमा विद्रोही पक्षका शीर्ष नेता तथा पार्टी पदाधिकारीको पनि सहभागिता रहनेछ ।

संयोजक केसीले संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने जानकारी दिनुभयो ।

ठमेलमा भएको भेलामा डा कोइराला र पार्टी पदाधिकारी सहभागी हुनुभएको थिएन । भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्याशी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।