२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै



file
अ+ अ-

धनुषा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार दुई सय ७८, सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने जनाउनुभयो । त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९, बारामा तीन हजार एक सय ४४ र पर्सामा दुई हजार सात म्यादी प्रहरी खटाइने छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लामा ११ हजार आठ सय २७ महिला र ५५ हजार ५७ पुरुषको दरखास्त परेको थियो ।

प्रवक्ता तिमिल्सिनाले भन्नुभयो, “गत स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ, पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन् ।” उहाँले त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ भन्नुभयो । आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।