२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री यादव अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।

यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गर्नुभएको हो ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ जानुभएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी उहाँले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्नुहुने बताइएको छ ।